बागेश्वरी मन्दिर भएको ठाउँमा सतीदेवीको जिब्रो पतन भएको थियो । त्यसैले सुरुमा यसको नाम वाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भयो । दुर्गासप्तसती देवी / दुर्गाकवचको ३३ श्लोकमा ।।।रोम कुपेषु कौवेरी त्वचं बागेश्वरी तथा…’ लेखिएबाट यस कुराको पुष्टि हुन्छ ।
– डा. राजकुमार सुवेदी
सानसौकात र धाकरवाफका साथ बाँके जिल्लामा पर्ने जब्दहवा भन्ने ठाउँमा बसेका कर्णसिंह रावलले एकदिन आफ्ना सेनाका साथ दक्षिणी भेकतिर शिकार गर्न गएका बेला जब्गलको बिचमा एउटा तलाउ र तलाउको छेउमा एउटा ढिस्को देखेछन् । त्यस ढिस्कोमा एउटा कालीगाईले दुधको धारा दिइरहेको दृष्य पनि देखेछन् । त्यस दृष्यबाट चकित भएर कर्णसिंह रावल ढिस्को नजिकै गएर हेर्दा ढिस्कोको बीचमा एउटा खाडल देखेछन् । त्यस खाडलभित्र नियालेर हेर्दा एउटा कालो चिप्लो ढुङ्गा रहेको देखेछन् । त्यही ढुङ्गामा कालीगाईले दुधको धारा दिएकी रहिछन् । त्यो दृष्य देखेपछि कर्णसिंहले त्यसमाथि एउटा छाप्रो हाली मन्दिर बनाएछन् र प्रत्येक बडादसैँको नवरात्रीमा आफन्तहरुका साथ त्यहाँ गएर आद्यशक्तिको उपासना गर्न थालेछन् । त्यतिबेलासम्म पनि कर्णसिंह रावलका छोरा बाँके सिंह रावल दैलेख राज्यमा नै थिए ।





Every Monday evening there will be Maha Arati at Mata Bageshwori Temple